धरान : धरान १४ की मिर्गौला रोगी सपना लिम्बुलाई सपना लिम्बु बचाउ अभियानले सङ्कलन गरेको नगद ४ लाख २५ हजार ६ सय रुपैयाँ हस्तान्तरण गरेको छ ।

आज पत्रकार सम्मेलन गरी सपना लिम्बु बचाउ अभियानले अहिले सम्म सपना लिम्बुलाई ९ लाख ८३ हजार ५ सय ४० रुपैयाँ सहयोग सङ्कलन गरी बुझाई सकेको जनाएको छ ।

२३ वर्षीय सपना लिम्बु लकडाउन अवधिमा उनको दुवै मिर्गौलाले काम गर्न छाडेकोले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराई रहेको बताइएको छ । उनको दुवै मिर्गौलाले क्रमशः काम गर्न छाडेकोले मिगौलानै फेर्नुपर्ने चिकित्सकको सल्लाह भएकोले त्यसको लागि उनलाई सपना लिम्बु बचाउ अभियानको गठन गरी सहयोग सङ्कलन गर्न थालिएको धरान १९ का वडाध्यक्ष पूर्ण लिम्बुले बताए ।

आर्थिक अवस्था कमजोर भएको र बिरामीका श्रीमान् ज्याला मजदुरी गर्ने भएकोले उपचारमा समस्या भएकोले सपना लिम्बु बचाउ अभियानको गठन गरी मनकारी मानुभावहरु सम्म पुगेर देश विदेशबाट सहयोग उठाई रहेको बताइएको छ ।

सपना लिम्बु बचाउ अभियानमा धरान लगायतका विभिन्न सामाजिक सङ्घ संस्था र व्यक्तिहरूको सक्रियतामा सहयोग रकम सङ्कलन भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । आर्थिक अवस्था कमजोर भएकोले सपना लिम्वु बचाउ अभियानले लिम्वुको उपचारको लागि सहयोगको पनि अपिल गरेको छ ।