धरान : विपद्का बेला यौन तथा प्रजनन स्वास्थ्य सेवा सम्बन्धी  एक दिने अभिमुखीकरण कार्यक्रम धरानमा सम्पन्न भएको छ।
धरान उपमहानगरपालिकाको सभा हलमा सोमबार भएको अनुशिक्षणमा  विपद्का समयमा गर्भवती तथा सुत्केरी महिला,किशोरी र अन्य जोखिममा रहेका समूहलाई आवश्यक प्रजनन स्वास्थ्य सेवा  गराउने जानकारी दिइएको थियो।
प्रशिक्षक काशीनाथ पोखरेलले यौन हिंसा रोकथाम तथा पीडितलाई सेवा, मातृ तथा नवजात शिशुको स्वास्थ्य सुरक्षा सहितका व्यवस्थापनबारे जानकारी गराएका थिए। 
उनले एमआईएसपीले विपद्को सुरुवाती चरणमै अत्यावश्यक यौन तथा प्रजनन स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्य राखेको बताए।
नेपालमा २०७२ सालको भूकम्पपछि एमआईएसपी कार्यान्वयनबाट विपद्का बेला प्रजनन स्वास्थ्य सेवा सञ्चालनको अनुभव समेत रहेको छ।
इलाका प्रशासन प्रमुख फणिनद्र दाहाल, परिवार नियोजन सङ्घ सुनसरी शाखा,उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता, सरोकारवाला संस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरू सहभागिता थिए ।