इटहरी : नेपाल प्रेस युनियन सुनसरीको १० औँ सुनसरी जिल्ला अधिवेशनले ३ वर्षे कार्यकाल विभाजन गरी सहमतीय अध्यक्षमा मातृकाप्रसाद नेपाल र उषा किरण घिमिरे (भट्टराई)लाई निर्वाचित गरेको छ ।

पहिलो डेढ वर्षे कार्यकाल मातृका प्रसाद नेपालले सम्हाल्ने छन् । उनले डेढ वर्षे कार्यकाल सकिए पछि बाँकी अवधिका लागि उषा किरण घिमिरे (भट्टराई)लाई पद हस्तान्तरण गर्नेछन् ।

हिजो शनिवार अबेर रात सम्म चलेको अधिवेशनमा सहमतीय अध्यक्षद्वय सहित कार्यसमितिका साथै केन्द्रीय र प्रदेश अधिवेशन प्रतिनिधिहरू पनि निर्विरोध निर्वाचित गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्ष सुरेशचन्द्र दाहाल, महिला उपाध्यक्ष सरस्वती चौधरी, समावेशी उपाध्यक्ष वीरेन्द्र साह, सचिव सङ्गम विष्ट, सहसचिव समावेशी अजमल अन्सारी, सहसचिव महिला ज्योति पोखरेल, कोषाध्यक्ष नसिम अन्सारी रहेका छन् ।

सदस्यहरूमा दीपक पुरी, मौसम कोइराला, निशा राई, स्मारिका राई, सुविक्षा राई, सञ्जीव तिम्सिना, सरोज श्रेष्ठ, भीम चौधरी रहेका छन् । केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूमा ध्रुव ढकाल, पवन अधिकारी, हर्ष सुब्बा, अमर खड्का, सचिन पोखरेल, अजित झा, चेतन धमला, हेमराज दाहाल, चन्दा खड्का, मेनुका पाण्डे, उषा किरण घिमिरे, गोविन्द घिमिरे, किरण पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश अधिवेशन प्रतिनिधिहरूमा गणेश निरौला, सुप्रिया राई, सुरेन्द्र मेहता, खेमराज सापकोटा, पीएमणि भट्टराई, निशम चौधरी, रोहित राई कुलुङ, शुक्रान्त राई, सुनिल चौधरी, सन्तोष हलवाई, राजकुमारी चौधरी, गुरु ढकाल, दीपक कार्की, शान्ता निरौला, गङ्गा अधिकारी रहेका छन् ।

press union new