इटहरी : रातको समय इटहरीको मुख्य चोकमा युवतीहरू बाइक र साना गाडीहरू रोक्दै बार्गेनिङ गर्छन् । स्कुल पढ्दै गरेका किशोरी देखि गृहिणी महिला समेत सडकको किनारामा बसेर ग्राहक पर्खिरहेका हुन्छन् ।
मुख्य चोकबाट पश्चिम तर्फ तेस्रो लिङ्गीको समूहले यात्रुलाई सास्ती दिने गरेको छ । पछिल्लो समय भित्री सडकहरूमा समेत तेस्रा लिङ्गीको उपस्थितिले यात्रुहरू हैरान छन् । लामो समयदेखि रोकिएको खुल्ला यौन धन्दा इटहरीमा पुनः फस्टाउँदै गएको छ । सोही क्रममा सोमबार राती वडाध्यक्ष र प्रहरी प्रशासन सहितको टोलीले बजार अनुगमन गरेको हो ।
सामाजिक सञ्जाल फेसबुकमा इटहरी उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोखरेलले पछिल्ला गतिविधि प्रति चिन्ता व्यक्त गरे । मुख्य चोकमा देखिएको देहव्यापारको गतिविधि नियन्त्रणमा सर्वदलीय र सर्वपक्षीय बैठक बस्नुपर्ने बताएका छन् । प्रहरी प्रशासन, नागरिक समाज र राजनीतिक दलहरू गम्भीर बन्नुपर्ने उनको भनाई छ ।
विगतमा देहव्यापारले प्रख्यात इटहरी लामो समय पछि पुनः त्यसतर्फ बहस उठेको छ । प्रहरी प्रशासनको निरन्तर निगरानी र छापाले गर्दा यौनकर्मी र होटेल व्यवसायी पक्राउ हुने गरेका थिए । अनुगमन रोकिएपछि पछिल्लो समय बसपार्क आसपासका होटेलहरू पुरानै गतिविधिमा संलग्न हुन थालेका हुन् ।
इटहरीमा लामो समयदेखि पत्रकारिता गरिरहेका विवेक भट्टराईले ट्रान्जिट सिटी भएको कारणले यस्ता गतिविधि पूर्ण रूपमा नियन्त्रण गर्न गाह्रो हुने बताए । सामाजिक सचेतनाको माध्यमबाट निरुत्साहित गर्न सकिने भए पनि पूर्ण नियन्त्रणको कुनै उपाय नभएको उनको भनाइ छ ।
देहव्यापारलाई नियन्त्रणमा लिनुपर्ने सकारात्मक कुरा भएको नागरिक समाज इटहरीका अध्यक्ष राजकुमार राईले बताए । नागरिक समाजले प्रशासन र स्थानीय तहलाई झकझक्याउने काम गरिरहेको राईले प्रस्ट पारे ।
इटहरी उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोखरेलको स्ट्याटस :








































































