धरान : सुनसरी र झापामा लागुऔषध सहित ४ जना पक्राउ परेका छन् ।

सुनसरीको देवानगंज ३ पाचौ सिमरबाट लागुऔषध गाँजा सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवानगंज ३ का ४३ वर्षीय चुनिलाल सरदार रहेका छन् ।

शुक्रवार दिउसो १ बजे को २ ह ६५३७ नम्बरको अटोलाई नियन्त्रणमा लिई चेक जाँच गर्ने क्रममा आटोमा लुकाई छिपाई राखिएको १८ केजी गाँजा बरामद गरी चालक सरदार समेतलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसै गरी झापाको दमक-५ स्थितमा डेरा गरी बस्दै आएका ३ जना लागुऔषध खैरोहिराईन (ब्राउन सुगर) सहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दमक ९ का ३२ वर्षीय रबिन कुँवर, इलाम घर भई दमक(५ मा बस्ने १९ बर्षीया मनीषा राई र ताप्लेजुङ घर भई दमक ८ बस्ने २२ बर्षीया सम्झना राई श्रेष्ठ रहेका छन् ।

विशेष सुराकका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई कोठाबाट १७ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।