धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना परीक्षण सुरु भए देखि अहिले सम्म आई पुग्दा १० हजार १ सय २३ जनाको पिसिआर परीक्षण गरेको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले दिएको जानकारी अनुसार अहिले सम्म प्रतिष्ठानको ल्याबमा १० हजार १ सय २३ जनाको थ्रोट स्वाबको स्याम्पल परीक्षण गरिएको मध्ये २ सय ६५ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ । परीक्षण गरेका मध्ये ९ हजार ८ सय ५८ जनाको कोरोना नभएको कोरोना नेगेटिभ रिपोर्ट आएको बताइएको छ ।

प्रतिष्ठानको ल्याबमा अहिले पछिल्लो समय दैनिक एक सिफ्टमा २ सय ५० देखि ३ सय वटा स्याम्पलको नमुनाहरू परीक्षण गर्ने गरेको प्रवक्ता डा. सापकोटाले जानकारी दिएका छन् ।

बीपीबाट २ सय जना कोरोना सङ्क्रमित निको भएर घर फर्किए
धरान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आज २ जना कोरोना सङ्क्रमित बिरामीले कोरोना जितेर घर फर्किएका छन् ।

यो संगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना जितेर घर फर्किनेको कुल सङ्ख्या २ सय पुगेको छ ।

यो सँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आज झापाका २ जना कोरोना सङ्क्रमित महिलाको पछिल्लो पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएकोले स्वास्थ्य प्रोटोकल अनुसार उनीहरूलाई अस्पतालबाट डिस्चार्ज गरी घर पठाइएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानमा आज मात्रै नयाँ कोरोना सङ्क्रमित १६ जना भर्ना भएका छन् भने अहिले ५० जना आइसोलेसनमा उपचाररत रहेको बताइएको छ ।

BP-Corona-Isolation