इटहरी : इटहरीको रिभर साइड रिसोर्टकी सञ्चालिकालाई प्रहरीले पक्राउ गरेको छ । युवती राखेर यौन व्यवसाय सञ्चालन गरेको आरोपमा ३१ वर्षीय हिरामाया भन्ने इन्दिरा श्रेष्ठ पक्राउ परेकी छिन् ।

शुक्रवार साँझ इलाका प्रहरी कार्यालय इटहरीको टोलीले रिर्साेटमा छापा मारेर छ जना पुरुष र एक युवतीलाई प्रहरीले पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालयका इटहरीका डिएसपी धर्मराज भण्डारीले आइतबार जिल्ला अदालत सुनसरिबाट मानव वेचविखन मुद्दामा सात दिनको म्याद थपगरि थप अनुसन्धान भइरहेको जनाएका छन् ।

नियन्त्रणमा लिइएका पाँच पुरुषहरूलाई इलाका प्रहरी कार्यालय इटहरीले  घटनामा संलग्न नरहेको बताउँदै छोडिसकेको छ ।