धरान :  प्रदेश १ मा सोमबार ६ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार भापाको मेचीनगरमा १, विर्तामोडमा २ र गौरीगञ्जमा १, सुनसरीको रामधुनीमा १, खोटाङको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकामा १ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ७६ पुगेको छ । संक्रमित मध्ये १ सय ११ महिला र ५ सय ६५ पुरुष रहेका छन् । प्रदेश १ बाट सोमबार १५ जना डिस्चार्ज भएका छन् प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ सय ७२ पुगेको छ ।