इटहरी : मध्यान्नको तातो घामको कुनै प्रवाह नगरी उखु पेल्दै छन् सुबोध राउत । उनी नेपाली प्रस्ट बुझ्छन् तर राम्रो सँग बोल्न जान्दैनन् । उनी भारतीय मूलका नेपाली व्यवसायी हुन् ।

विगत सात वर्ष देखि इटहरीमा उखु पेलेर व्यापार गर्दै आइरहेका छन् उनी । सुबोध जस्तै एक २१ बर्षिया बलिष्ठ पटेल विहारको मतिहारी बाट इटहरी आएर राम्रो आम्दानी गर्दैछन् । विगत ६ वर्ष देखी उनी इटहरीमा डेरा लिएर बसेका छन् । र व्यापार पनि इटहरीमै गर्दैछन् ।

हिरालाल यादव विगत एक वर्ष देखी उखु पेलेर बेचिरहेका छन् । दैनिक एक हजार जति आम्दानी भइरहेको उनले बताए । विहारमा बेरोजगार भएर समय बित्यो नेपालमा यस्तो पैसा कमाउने ठाउँ रहेछ यादव बताउँछन् ।

इटहरी चोककै आसपासमा ठेला व्यापार गर्नेहरूमा करिब ८० प्रतिशत भारतीय नागरिक छन् । ठेलाको कुनै दर्ता गराउन नपर्ने कर पनि तिर्न नपर्ने हुँदा यो सहज व्यवसाय भएको उनीहरूको बुझाइ छ ।

बिहारबाट आएका युवाहरूले नेपालमा ठेला व्यापारलाई बढाइरहेका छन् । अनारस, खरबुजा र उखु बेच्ने व्यवसायीले कच्चा पदार्थ पनि भारतबाटै ल्याउने गरेका छन् । उनीहरू आफूलाई चाहिने जति उखु भारतको सिलगढी नाकाबाट नेपाल ल्याउने गरेको बताउँछन् ।

नेपाली व्यवसायी भने नेपालकै लोकल उखु खपत गर्ने गरेका छन् । विगत दुई वर्षदेखि ठेलामा उखुको रस बेच्दै आएका छन् शारद प्रसाद गैरापिप्ले । धरानको पानबारी र मुलघाट बाट ल्याएको उखु बेन्चे गरेको उनी बताउँछन् ।

उनी जस्तै अरू नेपाली व्यवसायीहरू नेपालकै उत्पादनको खपत गर्छन् । भारत बाट नेपाल आए व्यापार व्यवसाय गर्नेहरूले सम्पूर्ण कच्चा पदार्थ पनि भारत बाट नै ल्याउने गरेको उनीहरूको भनाइ छ ।