इटहरी : सुन्दरहरैचा नगरपालिका वडा नम्बर १२ का वडा सचिव हुन अनिल पोखरेल । सानो कद र ठुलो पदको पोखरेल प्रस्ट वक्ता हुन् । जनप्रतिनिधि नहुँदा गाविस सचिव चलाएका उनी हाल वडा सचिवको भूमिकामा छन् ।

२०७१ सालमा लोकसेवा पास गरेका पोखरेलको पहिलो दरबन्दी भोजपुरको भुल्के गाविसमा भएको थियो । पछि सरुवा भई ओख्रो गाविस पुगे । ३ वर्षको गाविस सचिवमा हुँदा धेरै समस्या झेल्नु परेको उनको अनुभव छ । नचिनेको मान्छेलाई समेत चिनेको भनेर सिफारिस गर्नुपर्ने अवस्था थियो । उनले भने, राजनैतिक संयन्त्र मिलाएर काम गर्नुपर्ने अवस्था थियो ।’

तर जनप्रतिनिधि आएपछि काम गर्ने धेरै सहज भएको उनी बताउँछन् । अहिले जनप्रतिनिधिको उपस्थितिमा ऊर्जा धेरै रिस्क कम हुने गरेको उनी स्विकार्छन् ।

पहिला विभिन्न कानुनी अड्चन भएको अवस्थामा काम गर्नुपर्ने थियो भने अहिले धेरै सहज अवस्था छ । तर कर्मचारी पनि सबै पानीमाथिको ओभानो नभएको उनी स्विकार्छन् । 

कर्मचारी प्रस्ट हुँदा धेरै विकास गर्न सकिने उनको तर्क छ ।