इटहरी : जनता बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी सङ्गीत सन्तोषले लकडाउनको उपयोग गर्दै कौसी खेती गरे । भाडाको घरमा बसेका उनी लकडाउनको समयमा उनले कौसी खेती सुरु गरे । घरबेटी सँग कुरा गरेर सुरु भएको कौसीमा अहिले मौसमी तरकारी फलेका छन् ।

करेला, बोडी, भिँडी, टमाटर लगायत तरकारी फलाएका हुन् उनले ३ महिना देखी तरकारी किन्नु परेको छैन ।
छतमै तरकारी उत्पादन गर्न हो भने महँगी र विषादीयुक्त तरकारी बाट बचिने सन्तोष बताउँछन् ।

सहर ग्रिनरी गर्ने विषयमा पनि यसले ठुलो भुुमीका निर्वाह गर्ने उनको तर्क छ । अझ व्यवसायीक रूपमा टनेल हालेर धरै उत्पादन गर्दा धेरै उत्पादन गर्न सकिने उनको भनाइ छ ।

त्यस्तै इटहरी ५ का सेमन्त कोइरालाले पनि लकडाउनमा कौशीखेती सुरु गरे । घरमा काम नभएपछि सुरु गरेको कौशीखेतीले आफ्नो मात्र हैन छिमेकीको पनि धेरै छाक टारेको उनले सुनाए ।

उनका अनुसार कौशीखेतीमा थोरै मेहनत गर्दा अर्गानीक तरकारी खान पाइने र धेरै पैसाको बचत हुन्छ ।