इटहरी : इटहरी उपमहानगरपालिकाले पटक पटक ल्याण्डफिल्ड प्रसोधन संचालन गर्ने म्याद थप गर्दै आएको यो पटक भने कार्तिक भित्र संचालन हुने जनाएको छ । निजी कम्पनी इन्भायरो म्यानेजमेन्ट प्रालिसँग २० वर्षको सम्झौताको आधारमा इटहरीले ल्याण्डफिल साइडमा प्रसोधन केन्द्र कार्तिक सम्म ल्याउने बजेटमा उल्लेख गरेको छ ।

इटहरी क्षेत्रबाट अहिले पनि सडेन र नसड्ने गरी कुल ३७.७ टन फोहोर सङ्कलन हुँदै आएको र तिनीहरूको व्यवस्थापन गर्न चारकोशे झाडीमा विसर्जन हुँदै आएकामा अब भने इटहरीले व्यवस्थित तरिकाले ल्याण्डफिल्ड साइडमा व्यवस्थापन गर्ने भएको हो ।

वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र र वेस्ट एन्ड इन्भायरो म्यानेजमेन्ट प्रालिसँगको सहकार्यमा उपमहानगरले इटहरीको वार्ड १० स्थित बुढी खोलाको किनारमा करिब साढे ३ बिगाहा जमिनमा प्लान्ट बनाउदै आएको छ ।

उपमहानगरपालिकामा फोहोर मैला व्यवस्थापन सम्वन्धि कार्य नीजि क्षेत्रसंग संझौता गरेपनि सन्तोषजनक कार्य भएको नभएपनि अहिले भने लकडाउनको कठिन अवस्थामा पनि फोहोर संकलन तथा व्यवस्थापनका लागी मेशिन जडान गर्ने काम भइरहेको उपमहनगरले जनाएको छ ।