इटहरी : इटहरी उपमहानगरपालिकाले २०७५ साल अगाडिका सबै घर बहाल कर मिनाहा गर्ने भएको छ । उपमहानगरपालिकाले आउने आर्थिक बर्ष ७७/७८ को बजेटमा घरबहाल कर मिनाहा गर्ने भएको हो ।

बहालकर तर्फ २०७५ असार मसान्त अगाडीको बहालकर सदाका लागि मिनाहा दिने व्यवस्था हुने गरी आर्थिक ऐनमा व्यवस्था गरिएको उपप्रमुख लक्ष्मी गौतमले पेस गरेको बजेटमा छ ।

लकडाउनले गर्दा कर राजस्व नउठेको बेला कर तिर्नको लागि उत्प्रेरित गर्न बहाल छुटको नीति लिएको उपप्रमुख गौतमले बताइन ।

२०७५ साल पछीका घर बहाललाई भने क्रमस करमा छुट दिने समेत बजेटमा उल्लेख छ । बजेट अनुसार २०७५।०७६, २०७६।०७७ र २०७७।०७८ मा लाग्ने बहाल कर पौष मसान्त २०७७ सम्ममा बुझाएमा लाग्ने व्याज, शुल्क, जरिवाना पूर्ण छुट सहित करमा क्रमश ५० प्रतिशत, ३० प्रतिशत र १० प्रतिशत छुट दिने उल्लेख छ ।