धरान : मोरङको मिक्लाजुङ गाउँपालिका ६ कसेनीमा जङ्गली च्याउ पकाएर खाँदा २ जना बिरामी भएका छन् ।

स्थानीय ५४ बर्षीया तिल माया चौहान र उनका छोरा १७ वर्षीय पूर्ण बहादुर चौहानले बुधवार बेलुकाको खाना सँगै जङ्गलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा बिरामी भएका हुन् ।

बिरामी भएका दुवै जनालाई गए राती सवा १२ बजे उपचारको लागी दमकको आम्दा अस्पताल लगी उपचार भइरहेको इलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ ।