धरान : मोरङको विराटनगर महानगरपालिका १६ बाट लागू औषध सहित १ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज बिहान ५ बजे विराटनगर महानगरपालिका ७ का २० वर्षीय आनन्द कुमार पासवानलाई १०० एम एलको ३९ बोतल लागु औषध डाईलेक्सडि.सी. सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पासवानको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।