धरान :  बिराटनगरको शिव मन्दिर नजिक नालीमा  १ जना पुरुषको शव फेला परेको छ ।

अन्दाजी ५०/५२ बर्षको जस्तो देखिने तराईमुलको जस्तो हुलीया भएको पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

शव पोस्टमार्टमकालागी  बिराटनगरको कोशी अस्पतालको मर्चरीमा राखिएको  मोरङ प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरिक्षक मान बहादुर राईका अनुसार मृतकको पहिचान हुन नसकेको तथा अन्य अनुसन्धान गर्ने कार्य भईरहरको जानकारी दिए ।