धरान : मनसुनी न्यून चापीय रेखा नेपालको तराईको भूभाग नजिक रहेकोले अव को केही दिन सम्म मौसममा बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले ३ दिनको मौसमी विवरण सहित सूचना जारी गरी देशका विभिन्न स्थानमा पानी पर्ने जनाएको छ ।

मौसम विज्ञान विभागद्वारा जारी सूचना : 

नेपाल सरकार

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७७-०३-२६, बिहान ०६:०० बजे)

 

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ। 

हालको मौसमको अवस्था (Present Weather Status):

देशभर आंशिक देखि सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

 असार २६ गते (शुक्रबार)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहि थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

 रातीः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र  गण्डकी प्रदेशका  थोरै स्थानहरुमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र  कर्णाली प्रदेशको एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

 असार २७ गते (शनिबार)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र  गण्डकी प्रदेशका  थोरै स्थानहरुमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र  कर्णाली प्रदेशको एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

रातीः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २का  थोरै स्थानहरुमा साथै बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेश,  प्रदेश ५ र कर्णाली प्रदेशको एक/दुई स्थानहरुमा भारी वर्षाको  सम्भावना रहेको छ ।

 असार २८ गते (आइतबार)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २का  थोरै स्थानहरुमा साथै बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेश,  प्रदेश ५ र कर्णाली प्रदेशको एक/दुई स्थानहरुमा भारी वर्षाको  सम्भावना रहेको छ ।

 रातीः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ । कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका  एक/दुई स्थानहरुमा भारी वर्षाको  सम्भावना रहेको छ ।

 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना र सबै प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा (Heavy Rain) को सम्भावना  रहेको हुँदा उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।