धरान : धरान उपमहानगरपालिकाको आज बसेको कार्यपालिका बैठक नेकपाले बहिस्कार गरेको छ ।

गएको असार १० गते स्थगित भएको सातौ नगरसभाको लागि आज बसेको कार्यपालिका बैठकमा मेयर तिलक राईको बेरुजु वारेमा आएको कुरामा मेयरले चित्तबुझ्दो उत्तर नदिएको भन्दै नेकपा पक्षका कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेको वडा नं. ९ का अध्यक्ष रत्नबहादुर कटुवालले कपुरी न्युजलाई जानकारी दिए ।

कार्यपालिका बैठक बहिस्कार सँगै स्थगित नगर सभा झन अन्योलमा पुगेको छ । स्थगित सातौ नगरसभा आज हुने भनिएको थियो ।