ईलाम : ईलामको माई नगरपालिका-१ पालटारमा भएको ट्याक्टर दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

बिहिवार दिउँसो साँढे २ बजेको समयमा खेत जोतेर फर्कदै गरेको मे १ त ७४४० नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी १० मिटर तल खसेर दुर्घटना हुँदा घाईते भएका ट्याक्टर चालक माई नगरपालिका-१ का २१ बर्षीय सुजन बिश्वकर्मा र ट्याक्टरमा सवार रहेका ११ बर्षीय बालक नितेश गिरीलाई उपचारको लागी झापा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

सोही ट्याक्टरमा रहेका अर्का घाईते १९ बर्षीय समिर बिश्वकर्माको झापाको बि.एण्ड सी. अस्पतालमा उपचार भईरहेको छ ।