धरान : कोसीमा पानीको बहाव घटबढ भइरहेको छ ।

आज बिहान ६ बजेको पानीको बहाव मापनमा २ लाख ७४ हजार ३ सय ६५ क्युसेक रहेकोमा अहिले पछिल्लो मापन अनुसार पानीको बहाव घटेको छ । पछिल्लो मापन अनुसार २ लाख ७१ हजार ३ सय ७० प्रतिसेकेण्ड क्युसेक रहेको कोसी ब्यारेज कन्ट्रोल रुमका अनिकेश कुमारले जानकारी दिएका छन् । बिहानको तुलनामा पानीको बहाव घटेपछि बिहान ५६ ढोका मध्ये ३९ ढोका खोलिएकोमा अहिले फेरी एउटा ढोका लगाएर ३८ वटा मात्रै ढोका खोलिएको उनले बताए ।

पानीको बहाव घटबढ भइरहेकोले यसो गरिएको बताइएको छ । पूर्वी पहाडी क्षेत्रमा अस्तिको दिन देखि निरन्तर वर्षा भइरहेकोले पानीको बहावमा घटबढ भई रहने बताइएको छ ।