झापा : झापाको दमक-८ स्थितमा बस्ने ६० बर्षीय आतादुल धोनियाको घरबाट लडेर मृत्यु भएको छ ।

आज दिउसो पौने २ बजे दमक-६ स्थितमा रहेको एक घरमा मिस्त्री काम गर्दै आएका धोनियाको लडेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

घरको दोस्रो तलामा फिनिसीङको काम गर्ने क्रममा एक्कासी लडेर वेहोस भएका धोनियालाई उपचारार्थ लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको उक्त कार्यालयले जनाएको हो ।