इटहरी : नेपाल ट्रेड युनियन काँग्रेस इटहरी उपमहानगर समितिले कामदारलाई रोजीरोटीको व्यवस्था गर्न माग गरेको छ ।

लामो समयको लकडाउनको कारण प्रभावित क्षेत्रका मजदुर तथा व्यवसायीहरू मारमा परेको भन्दै रोजीरोटीको व्यवस्था मिलाउन माग गरेको हो ।

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी लाई ज्ञापन पत्र बुझाउँदै काँग्रेसले बन्द रहेका व्यवसाय खोल्न पहल गरिदिन माग गरेको छ । ‘सैलुन, ब्युटी पार्लर, होटेल तथा रेस्टुरेन्ट, सार्वजनिक यातायात, भाडाका निजी सवारी, सिटी सफारी लगायत व्यावसायहरु बन्द हुँदा त्यसमा आश्रित मजदुर तथा कर्मचारीहरू समस्यामा परेका छन्,’ ज्ञापन पत्रमा भनिएको छ ।

असार २६ गते शुक्रवार अध्यक्ष गोकुल थापाद्वारा जारी ज्ञापन पत्रमा घर भाडामा सहुलियत र बैङ्कको ब्याजदरमा सहुलियत सहजीकरण लगायत विषयमा ध्यानाकर्षण गराइएको छ ।