धरान : नेपाल मगर बिद्यार्थी संघ केन्द्रिय समितिको झन्डा ,चिन्ह ,नाम उस्तै हुबहु प्रयोग गरि नेपाल मगर बिद्यार्थी संघको आधिकारिक संस्थालाइ बदनाम गरी गलत प्रवृति सृजना गर्ने जोकोहिलाई कारवाही गर्न सक्ने नेपाल मगर बिद्यार्थी संघका अध्यक्ष बिष्णु कुमार थापा मगरले बताएकाछन।

२०५१/११ महिना २७ गते स्थापना भएको मगर विद्यार्थी संघको केन्द्रिय कार्यालय काठमाडौं कलङ्कीमा रहेको छ। तर पछिल्लो समय विभिन्न सामाजिक संजाल हुवहु नक्सा प्रयोग गरि पोशाक वनाइरहँदा यो कुरालाइ गलत प्रवृतिवारे ध्यानाकर्षण भएको हुँदा  थापा भन्छन "अफाह फैलाउन खोज्नेलाइ सामाजिक बहिष्कार गर्नु पर्छ " । 

नेपाल मगर बिद्यार्थी संघको आधिकारिक संस्थालाइ बदनाम गर्ने गरि आएको कुरालाइ गम्भीरता पुर्वक लिएको बताउँदै ब्याक्तिको पहिचान गरि संगठनको नियम अनुसार कारवाही गर्ने संघका अध्यक्ष थापाले बताएकाछन।  नेपाल मगर बिद्यार्थी संघ नेपालमा लोकतन्त्र,प्रजातन्त्र स्थापित गर्नको लागि आम आदिवासी जनजाती मगर लगायत पिछडिएको जातिलाइ अधिकार सम्पन्न गर्न मगर बिद्यार्थीको महत्त्वपूर्ण योगदान रहेको उनले बताए ।

अहिले कोरोनाको महामारीको बिचमा पनि विभिन्न अंतरकृया संवाद तथा भर्चुअल मिटिङहरु भैरहेको छ। भने २५ बर्ष देखि आम मगर बिद्यार्थीको शैक्षिक अधिकारको निमित्त संघर्षरत मगर बिद्यार्थीले गत फागुन २७ गते भब्य रुपमा रजत जयन्ती मनाउने तयारी हुदा हुँदै बिश्वभरि फैलिएको  कोरोना भाइरस  कोभिड (१९)  को कारण स्थगित गर्नु परेको समेत थापाले बताए।