पथरी : अविरल वर्षा सँगै पूर्वी मोरङका विभिन्न खोलामा आएको बाढीले कटान सुरु गरेको छ ।

चिसाङ्ग र डाँस खोलामा आएको बाढीले लेटाङ र पथरीका खेतीयोग्य जमिन समेत कटान गरेको छ । अविरल वर्षा पछि डाँस खोलामा आएको बाढीले पथरीशनिश्चरे १० को जिरिखीम्ती र ऐयावारी क्षेत्रमा असर पुर्‍याएको ¥ हो ।

डाँस खोलामा लगाइएको जाली समेत भत्काएको वडा अध्यक्ष सागर राईले जानकारी दिए । खोलामा बाढी आएसङै खोला गाउँ पस्न नदिन लगाइएको आर सिसी वाल समेत भत्किएको छ । मध्यरात वाट बढेको बाढीले १० फुट उचाइको वाल भत्काएको हो । डाँस पुल भन्दा १ सय मिटर दक्षिण भागका खेतीयोग्य जमिन पनि कटान गरेको राईले जानकारी दिए ।

‘खोला गाउँ पस्ने सम्भावना बढेको छ, स्थानीयमा त्रास बढेको छ ’राईले भने । वर्षेनी आउने वाढीेले यो क्षेत्रका जमिन कटान गर्ने गरेको छ । बाढीले पथरीशनिश्चरेको ४,८ र ९ नम्बर वडामा चिसाइका लागी लगिएको पैनीको बाध भत्काउने जोखिम बढेको छ । चिसाइका लागी लगिएको पैनी निरन्तर पानीको बहावले असर पुर्‍याएको स्थानीयवासी अनुप थापाले जानकारी दिए । सो सिचाइको पैनी भत्किएमा सो क्षेत्रका सयौँ खेतीयोग्य जमिनमा सिचाइ प्रभावित हुने छ ।

यता चिसाङ्ग खोलामा आएको बाढीले लेटाङ २ र ३को कीर्तिमान र फडानी क्षेत्र प्रभावित बनाएको छ । स्थानीयवासी राम लम्सालका अनुसार चिसाङ्ग खोलाको बाढीले पैनीमा असर पुर्‍याएको ¥ छ । जसले स्थानीयवासीको ४ सय विगाह क्षेत्रमा सिचाइ हुँदै आएको छ ।

चिसाङ्ग पुल वाट करिब ५ सय मिटर दक्षिण वाट खोलाले धार परिवर्तन गरेको र खेतीयोग्य जमिन पनि कटान गरेको लम्सालले जानकारी दिए । गत वर्ष खोलो नियन्त्रणका लागी लगाइएका जाली समेत भत्काएको छ । जाली भत्किएसङै स्थानीयवासी खोलो गाउँ पस्ने त्रास फैलिएको छ ।