धरान : विराटनगर महानगरपालिका-४ स्थित विराटनगर एयरपोर्टको पश्चिम  VR  मा सुरक्षाका लागी खटिएका सेक्युरिटी गार्ड आज विहान मृत फेला परेका जिल्ला प्रहरी कार्यलय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक मान बहादुर राईले बताएका छन् ।

ईटहरी उपमहानगरपालिका-५ का अन्दाजी ६० वर्षका हरिलाल चौधरी नाम गरेका उक्त सेक्युरिटी गार्डको एयपोर्टको गार्ड पोस्टमा मृत अवस्थामा फेला परेका राईले बताएका छन् ।

विहान अबेरे सम्म उनको पोस्टको ढोका नखुलेपछि ढोका खोलेर हेर्दा उनि मृत अवस्थामा देखिएको भन्ने जानकारी आए संगै प्रहरी टोली घटना स्थलमा पुगी घटनाको अनुसन्धान भइरहेको बताएका छन्