धरान : मोरङको पथरी शनिश्चरे नगरको क्वारेन्टिनमा रहेकामध्ये २ जनामा कोरोना पोजेटिभ देखिएको छ । कोरोना देखिएका दुवैजना महिला रहेका छन् ।

पथरी बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिनमा रहेका २ जना महिलामा कोरोना पोजेटिभ देखिएको नगर प्रमुख दिलीपकुमार राईले बताए ।

आज पोजिटिभ रिपोर्ट आएका दुवैजना कुवेतबाट नेपाल आएर असार २४ गतेदेखि सिधै नगरको क्वारेन्टिनमा बस्दै आएका थिए । प्रदेशस्थित कोभिड प्रयोगशाला विराटनगरको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई प्रदेशकै कोभिड अस्पतालमा पठाउने प्रक्रिया अघि बढाइएको राईले बताए ।