धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आज ३ जना कोरोना सङ्क्रमितले कोरोना जितेर घर फर्केका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले दिएको जानकारी अनुसार आज अस्पतालबाट निको भएर डिस्चार्ज हुनेहरूमा झापाका २ जना र सुनसरीका १ जना गरी ३ जना रहेका छन् । २० देखि ४१ वर्ष उमेर समूहका उनीहरू १ पुरुष र २ जना महिला रहेका छन् ।

यो सँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज हुनेको सङ्ख्या २ सय १४ पुगेको छ । अहिले प्रतिष्ठानमा ४४ जना कोरोना सङ्क्रमित उपचाररत रहेको प्रतिष्ठानले जनाएको छ ।