धरान : असार १० गते नीति तथा कार्यक्रम प्रस्तुत भएर स्थगित भएको धरान उपमहानगरको सातौँ नगर सभा असार ३० र ३१ गते दुई दिन हुने भएको छ ।

धरान उपमहानगरपालिकाको आइतबार बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको हो । स्थगित नगर सभा गएको असार २६ गते पुन गर्ने निर्णयका साथ स्थगित गरिएकोमा तोकिएको मितिमा केही वडाहरूले बजेटको सुची नपठाएको कारण तोकिएको दिन कार्यपालिका बैठक मात्रै धरान उपमहानगरपालिकाले डाकेको थियो ।

कार्यपालिका बैठकमा नेकपा पक्षका कार्यपालिका सदस्यहरूले मेयर तिलक राईको नाममा बेरुजु २ लाख ४१ हजारको विषयलाई लिएर कार्यपालिका बैठक बहिष्कार गरेका थिए । शुक्रवार कार्यपालिका बैठकबाट कुनै निर्णय हुन नसकेपछि शनिवार पनि धरान उपमहानगरपालिकामा दिनभरि छलफल भएका थिए ।

त्यसपछि आज बसेको कार्यपालिका बैठक भने सौहार्दपुर्णरुपमा सम्पन्न भयो । यो बैठकले आउँदो ‘असार ३० र ३१ गते नगर सभा गर्ने निर्णय गरेको धरान उपमहानगरपालिकाले जनाएको छ ।