इटहरी :  इटहरीको केन्द्रमा पर्छ ४ नम्बर वडा । सोही वडाको मुटुमा पर्छ बगैँचा टोल । बगैँचा टोल इटहरीको मात्र हैन सबैतिर नमुना बन्दै गएको छ ।

नेपालकै कान्छो टोल विकास अध्यक्ष भनेर चर्चा पाएको सो टोलको काम इटहरीमै उदाहरणीय देखिन्छ । टोल विकासका अध्यक्ष सुनिल कार्कीको व्यवस्थापकीय क्षमताले चर्चा पाएको हो ।

इटहरीकै पहिलो हिलो मुक्त टोलको पहिचान बनाएको छ । रङ्गिन टाली बिच्छ्याएर सुन्दर बाटो बनाउने देखी नवनिर्मित भवनमा पर्यावरण मैत्री झल्कीने  तस्बिरहरु राखिएको छ ।

त्यतीमात्र हैन एक घर दुई फलफूलका बिरुवा रोप्ने अभियानको सुरुवात यसै टोलबाट सुरु भएको अध्यक्ष कार्की बताउँछन् ।

उनका अनुसार अब २ वर्ष भित्रमा सम्पूर्ण टोलभरि फलफूलको बगैँचा बनाइने भएको छ ।