धरान : निरन्तरको अविरल वर्षा सँगै यति बेला धरान उपमहानगरपालिका भित्रका विभिन्न सडकहरूमा ज्यानमारा खाल्डाखुल्डी बनाएको छ ।

यस पटक भन्दा केही दिन अघिको वर्षाले बगाएर बनाएको सडकको खाल्डा खुल्डीमा यो पटकको वर्षाले झन् ठुलो खाल्डा खुल्डी बनाएको छ । विशेष गरेर धरान १२ को चतरा लाइन पश्चिम स्वातिका चौक र स्वस्तिका चौक जनपथ रोड देखि दक्षिण रागाचौक जाने धरान १० को सडकमा पुरै पानीले भत्काएर ठुलठुला खाल्डा खुल्डी बनाएको छ । स्थानीय प्रदीप माइला यहाँ कुन दिन मान्छे दुर्घटनामा पर्छ अनि मात्रै यो खाल्डामा धरान उपमहानगरपालिकाको ध्यान जान्छ भन्छन् । उनका अनुसार पटक पटक यो सडकको दूर अवस्थाको बारेमा कुरा उठाएको भए पनि धरान उपमहानगरपालिका र १० नम्बर वडा कार्यालयले वास्ता गरेन । एक दिन एउटा समूह आयो मास्तिर ठुलो हम्स जस्तै पानी छेक्ने कुलो बनाएर गयो ।

धरान १२ र १० को सिमाना स्वस्तिका चौकमा मात्रै होइन चतरा लाइनबाट मङ्गलवारे जाने बाटो पुरै बिग्रिएको छ । ठुलाको त के कुरा साना सवारीसाधन समेत हिडन मुस्किल हुने भएको छ । मङ्गलवारे चौक देखि चतरा लाइन आउने बाटो पुरै पानीले बगाएर हिडीनसक्नुको भएको छ ।

सुन्दर नगरीको उपमा पाएको धरान उपमहानगरपालिकाको मुख्य सडकहरूमा मर्मत सम्भार भएको देखिए पनि भित्री सडकहरू केही दिन देखि परेको अविरल वर्षाका कारण भत्किएर हिडीनसक्नुको भएको छ । ठाउँ ठाउँमा पानीले बनाएको ठुलठुला खाल्डा ज्यानमारा बनेका छन् । यी खाल्डा खुल्डीमा कुनै पनि बेलामा दुर्घटना हुनसक्छ । यसबारेमा सम्बन्धित निकायको ध्यान जानुपर्ने स्थानीयवासी बताउँछन् ।

धरान १२ चतरा लाइन देखि मङ्गलवारे सम्मको सडकको अवस्था :

Sadak-1 Sadak-2 Sadak-4

धरान १२ चतरा लाइनको स्वस्तिका चौक दक्षिणको धरान १० को सडक:

Sadak-5 Sadak-7 Sadak-6 Sadak-8 Sadak-9