धरान : जिल्ला प्रहरी मोरङले डुबानमा परेको ९५ घरका ४ सय ५० जनाको उद्धार गरेको छ ।

आइतबार दिउँसो साढे १२ बजे मोरङको बिराटनगर-१६ स्थितमा रहेको दरैया बस्तीमा र बिराटनगर-१२ स्थित बखरी एरियामा  केशलिया खोलामा आएको बाढी पसी क्षती भएको हो ।morang-2

दरैया बस्तीमा रहेका ३५ घरका ३ सय जना मानिसहरुलाइ उद्वार गरी बिराटनगरको रानीमा रहेको मिल्स माध्यामिक विद्यालयमा राखिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

बखरी एरियामा रहेको ३० घरहरुमा रहेका १ सय ५० जना मानिसहरुलाइ उद्वार गरी बखरी प्राथामिक विद्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बिराटनगर महानगरपालिकाकी उप -प्रमुख इन्दिरा कार्कीले उद्धार गरिएका सबैलाई गाँस, बास र कपासको ब्यवस्था महानगरपालिकाले गरिरहेको बताइन ।