धरान : झापा जिल्लाको कचनकवल गाउँपालिका-३ बस्ने ३५ बर्षीय किलु टुडु खहरे खोला छेउमा हिडिरहेको समयमा एक्कासी लडेर खोलामा पर्दा सोही खोलाले बगाएर उनको मृत्यु भएको छ ।

सोमबार दिउँसो १२ बजे घर नजिकै रहेको खहरे खोला छेउमा हिडिरहेका टुडु एक्कासी लडेर खोलामा पर्दा सोही खोलाले बगाएर २०० मिटर तल खोलाको साईटमा उनको शव फेला परेको भनि स्थानीयले प्रहरी चौकी पथरीयामा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।