धरान : धरान प्रहरीले खैरो हेरोइन सहित ३ जनालाई पक्राउ गरेको छ ।

हिजो धरान-८ को भित्री सडक खण्डमा शङ्कास्पद अवस्थामा हिडीरहेका वडा नं. १८ शिव मार्ग बस्ने वर्ष २६ को प्रबल राईको शरीर तलासी गर्दा १५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । उनलाई प्रारम्भिक सोधपुछको क्रममा धरान ८ बस्ने वर्ष २४ को सविन राना मगरको माध्यमबाट खरिद गरेको भनी खुलेकोले सविन राना मगरलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा धरान ८ कै सुमेन मोक्तानसङ खरिद गरेको भनी बताएका थिए ।

सुमेन मोक्तानको घर खानतलासी गर्दा उनको घरको कोठामा लुकाई राखेको अवस्थामा १५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ परेका तीनै जनालाई आज सुनसरी जिल्ला अदालतबाट अनुसन्धान कार्यको लागि म्याद थप भई अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।