धरान : घरबाट गाँजा बिक्री गर्ने धरान १३ का एक जनालाई धरान प्रहरीले पक्राउ गरेको छ ।

धरान १३ का २९ वर्षीय नवीन मगरले गाँजा लुकाई छिपाई घरबाट बेचबिखन गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको घरमा खानतलासी गर्दा ३०० ग्राम तयारी गाँजा फेला पारेको र घर नजिकैको बारीमा लगाएको १३ बोट हरियो गाँजा पनि फेला पारेको थियो । उनलाई आज अनुसन्धानको लागि लागू औषध (गाँजा) मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।