धरान : धरान १७ एन्फा क्वारेनटाइन, होटल क्वारेनटाइन, होम क्वारेनटाइन र स्वस्थ्य परिक्षण र सुरक्षामा खटिने ७० जनाको आज स्वाब संकलन गरिएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार एन्फा क्वारेनटाइनमा बस्ने ४० जना, धरानका विभिन्न होटलहरुमा होटल क्वारेनटाइनमा बस्ने १६ जना, स्वास्थ्यकर्मी १ जना, क्वारेनटाइनको सुरक्षामा खटिएका नेपाली सेना २ जना र अरु होम क्वारेनटाइनमा बस्नेहरु सबै गरी ५३ जना पुरुष, १७ जना महिला गरी ७० जनाको थ्रोट स्वाबको नमुना लिईएको हो ।

अहिले सम्म धरान उपमहानगरपालिकामा एक जना आफैले परिक्षण गरेका धरान १३ की महिला सहित ६ पुरुष ३ महिला गरी १० जनामा कोरोना पुष्टि भएको छ ।

धरान १३ की महिला बाहेक सबै जना विदेशबाट आएकाहरुमा कोरोना संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख मेहेताले बताए ।