धरान : सुनसरीको बराहक्षेत्र नगरपालिका ५ पोखरीया बस्ने ६५ बर्षीया विष्णुमाया दाहाल खोलामा डुबेको अवस्थामा मृत फेला परेकी छन् ।

आज बिहानै ४ बजे मनिङवाकमा निस्किएकी दाहाल पौने ७ बजे स्थानीय हैटा खोलाको पानीमा डुबेको अवस्थामा मृत फेला परेका थिए ।

मृतक दाहालको शव पोस्टमार्टमका लागी बि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको तथा अन्य थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।