धरान : रोटरी क्लब अफ धरानको ३६ औँ पदस्थापन समारोहबाट अध्यक्षको पदको जिम्मेवारी दीपक कुमार श्रेष्ठले ग्रहण गरेका छन् ।

निवर्तमान अध्यक्ष रविन श्रेष्ठले आफ्नो कार्यभार वर्तमान अध्यक्ष श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । रोटरीको आगामी १ वर्षका लागि सचिवमा शिवानन्द शाह र कोषाध्यक्षमा फिरोज श्रेष्ठ लगायत २१ जनाको कार्यसमितिको चयन गरिएको छ । समारोहमा रोटरी क्लब अफ धरानका सचिव मुकेश तोदीले कार्यकालमा सम्पन्न कार्यको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । रोटरी अभियानमा आफू सरिक भएर सिकेका कुराहरू आफ्नो नेतृत्व कालमा रोटरीको लक्ष्य र उद्देश्यलाई सामाजिक सेवाका कामहरू सँगै व्यवहारमा उतार्ने अध्यक्ष श्रेष्ठले प्रतिबद्धता व्यक्त जनाएका छन् ।

निवर्तमान अध्यक्ष रविन श्रेष्ठले आफ्नो कार्यकालमा सहयोग गर्ने हात र साथलाई कृतज्ञता ज्ञापन गर्दै आफू अझ बढी सक्रियताका साथ रोटरी अभियानमा लाग्ने बताए । कोभिड १९ को सङ्क्रमणलाई मध्यनजर गर्दै सामाजिक दुरी र विशेष स्वास्थ्य सतर्कता अपनाई कार्यक्रम सम्पन्न गरिएको थियो । धुलिखेल समाजको भुईँ तलामा कार्यक्रम गरिएता पनि भिडभाड नहोस् भन्ने कुरालाई ध्यानमा राखेर कृति टेलिभिजनको सहकार्यमा पहिलो तलामा लाइभ कार्यक्रम प्रसारण गरिएको थियो ।

रोटरीका डिष्ट्रक गभर्नर राजीव पोखरेल र पूर्व डिष्ट्रक गभर्नर सञ्जय गिरीले काठमाण्डौंबाटै अनलाइन भिडियो कन्फ्रेन्सबाट शुभकामना व्यक्त गरेका थिए । कोभिड १९ को सङ्क्रमणलाई मध्यनजर गर्दै सामाजिक दुरी र विशेष स्वास्थ्य सावधानी र सतर्कता अपनाई कार्यक्रम सम्पन्न गरिएको थियो । धुलिखेल समाजको भुईँ तलामा कार्यक्रम गरिए ता पनि भिडभाड नहोस् भन्ने कुरालाई ध्यानमा राखेर कृति टेलिभिजनको सहकार्यमा पहिलो तलामा लाइभ कार्यक्रम प्रसारण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर तिलक राईले नगरको विकासमा रोटरी क्लब अफ धरानले गरेको कार्यले ठुलो सहयोग पुगेकोमा मुक्त कण्ठले प्रशंसा गरेका थिए । नगरको योजना अनुरूप सहकार्य गर्न मेयर राईले क्लबलाई अनुरोध समेत गरेका थिए ।

सोही कार्यक्रममा सदावाहर तथा वरिष्ठ गायक दीप श्रेष्ठलाई गीत सङ्गीतको क्षेत्रमा गरेको योगदानको कदर गर्दै भोकेसनल अवार्डले सम्मान गरिएको थियो । आफ्नो जन्म थलो धरानमा धरानेहरुले गरेको माया र सम्मान आफ्नो घरबाट पाएको जस्तो महसुस हुने उनको धारणा थियो । अरुठाँउमा गरिएको सम्मान भन्दा धरानमा गरिएको सम्मानले आफूलाई बेग्लै आत्मसम्मान दिने गरेको उनले बताए ।

उक्त समारोह बिच रोट्रयाक्ट क्लब अफ धरानको २० औँ पदस्थापन पनि सम्पन्न भएको थियो । रोट¥याकट क्लब अफ धरानका निवर्तमान अध्यक्ष शुभ न्यौपानेले वर्तमान अध्यक्ष रेश्मा शाक्यलाई पदभार हस्तान्तरण गरे ।
रोट्रयाक्ट क्लबको सचिवमा रोशी श्रेष्ठ र कोषाध्यक्षमा अनुज अग्रवाल लगायत १५ जनाको कार्यसमिति चयन भएको हो । मेम्बर सिप चियर रोटरियन महेन्द्र अग्रवालबाट प्रस्ताव गरिएका आयुश्मा शाक्य, सन्दीप शाक्य, अशोक जैन, गिरिस् अग्रवाल, राजु शाह, नीरज श्रेष्ठ, मनिष वंशल गरी जम्मा ७ जनालाई क्लबको नयाँ सदस्यता प्रदान गरिएको छ ।

Rotary-1