धरान : सुनसरीमा अहिले सम्म अहिले सम्म ८ हजार ८ सय ९९ जनाको कोरोना परीक्षण गरिएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपका अनुसार पछिल्लो अपडेट अनुसार २ हजार १ सय ९० जनाको आरडीटी र ६ हजार ७ सय ९ जनाको पिसिआर विधि मार्फत कोरोना परीक्षण सुनसरीमा गरिएको छ । जसमध्ये आरडिटी परीक्षणबाट ३० जना र पिसिआरबाट १ सय १७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । जसमध्ये २ सय ३३ जनाको पिसिआर परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ ।

सुनसरीमा अहिले सम्म ९५ जना पुरुष, र २२ जना महिला गरी जम्मा १ सय १७ जना कोरोना सङ्क्रमितको सङ्ख्या पुगेको छ । जसमध्ये १ सय जनाले कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भई घर फर्किसकेका छन् । बाँकी १७ जना प्रदेश १ को विभिन्न कोभिड १९ अस्पताल तथा आइसोलेसनमा उपचाररत रहेका छन् ।

सुनसरी जिल्लामा कोरोना सङ्क्रमणकै कारण कसैको पनि मृत्यु भएको छैन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा सप्तरी राजविराज ६ का १ जना ७३ वर्षीय पुरुष र पछिल्लो पटक महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका ३ का ६० वर्षीय पुरुषको मृत्यु भएको थियो ।

उनीहरूको सुनसरीमै उपचारको क्रममा मृत्यु भएको भए पनि उनीहरू दुवै जना प्रदेश. २ को भएकोले मृत्युको सङ्ख्यामा सुनसरी जिल्लामा गणना नभएको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपले बताइन् ।