धरान : अबैध अन्तर्राष्ट्रिय कल बाईपासमा संलग्न भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ ताहाननी घर भई काठमाडौं महानगरपालिका-७ बौद्ध बस्ने ३३ वर्षीय हरि शंकर श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलि सोमबार पक्राउ गरेको छ ।

काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन भईरहेको भन्ने सूचनाका आधारमा खोजी गर्ने क्रममा काठमाडौं महानगरपालिका-२२ खिचापोखरीस्थित भवनमा अवैध रुपमा अन्तर्राष्ट्रिय कल बाईपास संचालन गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका एसएसपी दिपक थापाले जानकारी दिए ।

श्रेष्ठबाट ८ पोर्टको १ थान ओपन भोक्स गेट वे, १ थान चार्जर, र ८ थान एनसेलको सीमकार्ड बरामद भएको छ । श्रेष्ठ उपर दूरसंचार ऐन, २०५३ अन्तर्गत आवश्यक अनुसन्धान कार्य भईरहेको  दिपक थापाले जानकारी दिए ।