झापा : संखुवासभा घर भई झापाको अर्जुनधारा नगरपालिका(४ बस्ने ३० बर्षीय सुगम राईको स्थानीय डुबे खोलाले बगाएर मृत्यु भएको छ । बुधवार दिउँसो २ बजेको समयमा श्रीमती र अन्य साथीहरुसंगै दहिझोडा सामुदायिक वन तर्फ गएका राई बाटोमा रहेको डुबे खोला तर्ने क्रममा अचानक सोही खोलाले बगाउँदा मृत्यु भएको हो ।

खोलाले बगाएका राईलाई संगै गएका साथीहरुले नै मृत अवस्थामा उद्धार गरी प्रहरीमा खबर गरे संगै प्रहरी टोली खटि गई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापाकै कन्काई नगरपालिका-४ का २७ बर्षीय कमल मुखिया माई खोलामा बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका छन् । बुधवार दिउँसो सवा ३ बजे उक्त खोलाबाट दाउरा निकाल्ने क्रममा राई बेपत्ता भएको र निजको खोजतलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।