धरान : अमेरिकामा रहेका नेपाली सामाजिक अभियन्ताहरूले सुनसरीको तत्कालीन मधुवन हाल वराहक्षेत्र नगरपालिका वडा नं. ११ मा कोरोना पीडित अति विपन्न ३० परिवारलाई खाद्यान्न राहत वितरणमा सहयोग गरेका छन् ।

अमेरिकामा बसेर समाज सेवा गर्दै आएका छिरिङ राप्के लामा (न्यूयोर्क) र विजय बस्नेत (टेक्सास) तथा घ्यालसुम्दो सेवा संस्था न्यूयोर्क, अमेरिकाको विशेष सहयोग र ग्रामीण क्लब हाउस इटहरी सुनसरीको आयोजनामा मधुवनका कोरोना पीडित अति विपन्न ३० परिवारलाई खाद्यान्न राहत वितरण गरिएको हो ।

अमेरिकामा बस्ने सहयोगीहरू इन्दु राई, सुख राई, रिना राई, गगन राई, यशोदा राई, विशाल राई, रवि गिरी, दिकेश श्रेष्ठ, पशुपति पाण्डे, टेकबहादुर रुवाली, विनोद रुवाली, ज्ञानेन्द्र कार्की, जीवन दाहाल, सुनिता दाहाल, वासुदेव अधिकारी, रघु सुवेदी, अर्जुन बोसेल, अनिल पाण्डे, हरिहर दाहाल, शिवराज फागु, रामहरि अधिकारी, सुनिता खत्री, नवराज लुइँटेल, टिकालक्ष्मी लुइँटेल, सुवास घिमिरे, प्रेम पौडेल, निमा लामा लगायतले आर्थिक सहयोग पठाएका थिए ।

ग्रामीण क्लब हाउस इटहरीका महासचिव धर्मप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न राहत वितरण कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका जिल्ला सचिव केदार भण्डारी, विशेष अतिथि नेपाली काँग्रेसका जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र गोले, महासमिति सदस्य जमिल अजाद, मधुवन गाउँ इकाई सभापति अजाद आलम, जनप्रतिनिधि वडा सदस्य अनिरुद्ध मण्डल, नेपाल तरुण दलका महाधिवेशन प्रतिनिधि डि.वि. थापा लगायतले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रममा ग्रामीण क्लब हाउसका सचिव तारा सुवेदी, सल्लाहकार शिवकुमारी सुवेदी लगायतको उपस्थिति रहेको थियो ।
विपन्न परिवारहरूले कोरोनाको महामारीमा राहत पाएकोमा खुसी हुँदै सहयोगी सबैलाई धन्यवाद दिएका थिए ।

राहत वितरण कार्यक्रममा नेपाली काँग्रेसका सुनसरी सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङ, नेपाली काँग्रेसका धरान नगर सहसचिव पञ्चकला राई, ११ नं. वडा सभापति लोकेन्द्र फागो, १७ नं. वडा सभापति पुष्पा राई, ८ नं. कोषाध्यक्ष विष्णु मोक्तान, क्षेत्रीय प्रतिनिधिहरू राम तामाङ, तिलक सुनुवार, युवा नेता रोशु रेग्मी, युवा नेता गोपाल कार्की, तरुण दलका नेता नरसिंह राई, जीपी फाउन्डेसन सुनसरीका सदस्य राजु साह, टोल विकास समितिका अध्यक्ष सूर्य तामाङ लगायतको उपस्थिति रहेको थियो ।

उनीहरूले विपतका बेला सहयोग गर्ने सामाजिक अभियन्ता छिरिङ राप्के लामा, विजय बस्नेत र न्यूयोर्क अमेरिकास्थित ध्याल्सुम्दो सेवा संस्था तथा राहत व्यवस्थापन गर्ने अमेरिका रहेका ग्रामीण क्लब हाउस इटहरी सुनसरीका अध्यक्ष मुकुन्द सुवेदीलाई विशेष धन्यवाद दिए ।