धरान : हिजो कोरोना सङ्क्रमणबाट मृत्यु भएका ४५ वर्षीय पुरुषको श्रीमतीको पनि कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।

मोरङको सुनबर्षी नगरपालिकाका कोरोना संक्रमित बिरामीको हिजो साँझ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो । मृतकको श्रीमतीको पनि कोरोना पोजेटिभ रिपोर्ट आएको कोसी अस्पताल विराटनगरले जनाएको छ ।

मृतकको श्रीमतीमा पनि कोरोना सङ्क्रमण भएको पाइएकोले उनलाई पनि कोशीे कोभिड १९ अस्पतालमा राखिएको बताइएको छ ।