झापामा लागूऔषधसहित दुई युवा पक्राउ

  • श्रावण १५, २०७७
  • ३३९ पटक पढिएको
  • कपुरी न्यूज
alt

धरान : झापामा प्रहरीले प्रतिबन्धित लागू औषधसहित दुई युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ३ धिमालधुरा बस्ने २६ वर्षीय अजय थापा मगर र सोही ठाउँका २२ वर्षीय रोशन माझी रहेका छन् ।
हिजो दिउँसो १ बजे गोप्य सूचनाको आधारमा भद्रपुर ४ मन्त्री चोकमा लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

शङ्कास्पद अवस्थामा सडकको किनारमा रोकिराखेको प्र.१-०१-०१२ प ६९२१ नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिई खानतलासी गर्दा मगरले आफ्नो पिठ्युँको पछाडि भिरिराखेको झोलाभित्र NITROSUN- 10लेखिएको चार सय चक्की ट्याब्लेट र CODEINE ESKUF 100 MLलेखिएको पचास बोतल लागु औषध बरामद भएको प्रहरीले जनाएको छ ।

दुवैलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जानकारी दिए।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved