धरान : काठमाडौंमा १४ किलो चाँदी र आधा किलो सुन प्रकरणको अनुसन्धानका क्रममा घटनास्थल नक्कली बनाएको खुलेपछि घटना शंकास्पद तथा रहस्यमय बनेको थियो । सो प्रकरणपछि प्रहरी जवानको डेरामा भेटियो पछि प्रहरी जवानको डेरामासमेत पहेलो धातु देखिएपछि प्रहरीकै मिलेमतो रहेको आशंका बढेको छ।

दरबारमार्ग वृत्तमा सादा पोशाकमा कार्यरत जवान प्रशन्न श्रेष्ठको सुराकीको डेरामा १५ किलो ‘सुन’ प्रकरणको छानबिनका एक उच्च अधिकारीका अनुसार शुक्रबार प्रहरी जवान श्रेष्ठको घरमा पहेलो धातु भेटिएको हो। त्यो सुन हो वा होइन भन्ने एकिन भने हुन बाँकी नै छ।

मंगलबार मात्र प्रहरीले कमलादीबाट एउटा झोलामा १५ किलो पहेँलो धातु बरामद गरेको थियो। एउटा झोलामा बरामद धातु मध्ये आधा किलो सुन र बाँकी चाँदी भएको दाबी प्रहरीले गरेको छ। काठमाडौंको कमलादीमा बा ६ च ५५१९ नम्बरको स्कारपियो गाडी रोक्न खोज्दा नरोकी गति बढाएपछि प्रहरीले पिछा गरेको दाबी गरे पनि प्रहरीलाई नै तस्करी समूहले सुन्धाराको आकाशे पुलमा प्रहरीलाई सुनको झोला दिएको खुलेको छ। आकाशे पुलमा प्रहरी जवान बहादुरसिं कठायतले तस्करीले दिएको झोला लिएर महानगरीय प्रहरी वृत दरबारमार्गका डीएसपी रन्जन दाहाललाई दिए। उनले उक्त झोला आफु चढ्ने गाडीमा हाले। तर प्रहरीले भने तस्करीले झोला फालेर हिँडेको दाबी गरेको छ।

सुन प्रकरण शंकास्पद देखिएपछि बिहीबार महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डीएसपी दाहाललाई सरुवा गरिएको थियो। उनलाई राष्ट्रिय प्रहरी प्रतिष्ठान पठाइएको हो। प्रहरी अपरेशनमा समन्वय नगरेको र दाहालको कार्यशैलीमाथि नै छानबिन भइरहेकाले प्रमाण लोप गर्न सक्ने आशंकामा सरुवा गरिएको प्रहरीको भनाइ छ।

सुन प्रकरणमा हालसम्म चार जना पक्राउ परेका छन्। देवान पटेल, निलेश सखिया र विजय पटेल नवलपरासीको दुम्कीबाट पक्राउ परेका हुन्। त्यस्तै उमेश श्रेष्ठलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्रेको हो। श्रेष्ठलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको स्रोतले जनाएको छ।