धरान : सुनसरीमा आज थप एक जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ३१ पुगेको छ ।

सुनसरीमा आज थपिएका कोरोना संक्रमित रामधुनी नगरपालिकाको क्वारेनटाइनमा रहेका एक जना पुरुष रहेका छन् । उनी भारतबाट आएर क्वारेनटाइनमा बसेको बताइएको छ ।

सुनसरीमा अहिले सम्म १ सय ९ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट घर फर्किएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । अझै २१ जना कोरोना संक्रमित प्रदेश १ का विभिन्न कोभिड अस्पतालहरूमा उपचाररत रहेका छन् ।