बराहक्षेत्रमा पहिरो पन्छाउने क्रममा माथिवाट ढुङ्गा खस्दा पैदल यात्रुको मृत्यु, एकको अबस्था गम्भीर

  • श्रावण १७, २०७७
  • १०९१ पटक पढिएको
  • कपुरी न्यूज
alt

धरान :  चतरा-बराहक्षेत्रधाम जोड्ने सडक अन्तर्गत वराहक्षेत्र १ स्थित १७ नम्बरमा खसेको पहिरो पन्छाउने क्रममा माथिवाट ढुङ्गा खस्दा तल यात्रा गरिरहेका एक जना पैदल यात्रीको ज्यान गएको छ भने २ जना पैदलयात्री घाइते भएका छन् ।

पहिरो पन्छाउने क्रममा माथिवाट एक्कासी ढुइ्गा खस्दा भोजुपर हाईखराङ्का २२ बर्षिय पुरुष राजकुमार राईको घटना स्थलमै मृत्यु भएको हो भने खाइखराङ्गकै करिब १३ बर्षिय अजय राई र करिव २२ बर्षिय शंकर राई घाइते भएका हुन् ।

घाइते दुई जनालाइ उपचारका लागि धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पढाइएको इलाका प्रहरी कार्यलय चतराले जानकारी दिएको छ ।

घाइते मध्य १३ बर्षिय अजय राईको गम्बिर अवस्था रहेको छ भने मृत राजकुमारको शरीरलाइ पोष्टमाटमको लागि धरान बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको छ । स्काइभेटर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved