प्रदेश १ मा १७ जना सशस्त्र प्रहरी सहित १९ जनामा कोरोना सङ्क्रमण पुष्टि

  • श्रावण १७, २०७७
  • ८३४ पटक पढिएको
  • कपुरी न्यूज
alt

धरान : प्रदेश १ मा १७ जना सशस्त्र प्रहरी सहित १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार  झापाको बिर्तामोडका १ महिला र १ पुरुष र इलाम नगरपालिकामा १७ जना पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो ।

सङ्क्रमित देखिएकाहरू मध्ये इलामका १७ जना सशस्त्र प्रहरी गणका रहेका छन् । यस अघि सोही गणका १० जनामा सङ्क्रमण देखिएको थियो । यो सँगै गणमा सङ्क्रमितको सङ्ख्या २७ पुगेको छ भने इलाम जिल्लामा ५७ जना सङ्क्रमित रहेका छन् ।
प्रदेश १ का विभिन्न ठाउँबाट २५ जना कोरोना सङ्क्रमित निको भई घर फर्केको मन्त्रालयले अद्यावधिक अपडेट मार्फत जानकारी गराएको छ । घर फर्केकाहरू मध्ये झापाका ७ जना मोरङका ५ जना सुनसरीका ३ जना, सोलुखुम्बुका १ जना इलामका १ जना ओखलढुङ्गाका ५ जना रहेका छन् ।

क्वारेनटिन सुरक्षाका लागि खटिएकी एक जना महिला प्रहरी जवानमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । उनी बिर्तामोडको क्वारेनटाइनमा खटिएकी थिइन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार क्वारेनटिन सुरक्षाका खटिएकी ती महिला प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । विगत केही दिनदेखि सुरक्षा निकायका धेरै कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ । यसअघि झापाका ३२ जना सशस्त्र प्रहरीमा सङ्क्रमण पुष्टि भएको थियो ।

पहिलो पटक झापामा जनपथ प्रहरीमा कोरोना पुष्टि भएको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved