तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत १४ लाख घुससहित पक्राउ

  • श्रावण १७, २०७७
  • ५३९ पटक पढिएको
  • कपुरी न्यूज
alt

धरान : तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (सहसचिव) कृष्णकान्त उपाध्याय १४ लाख घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रवार साँझ काठमाडौँको नागढुंगाबाट उनलाई पक्राउ गरेको हो । अख्तियारको टोलीले उपाध्यायसँगबाट १४ लाख ४८ हजार सात सय ९६ रुपैयाँमध्ये १ लाख २४ हजार सात सय ५० नगद र बाँकी १३ लाख २४ हजार ४६ रुपैयाँको बैङ्कमा डिपोजिट स्लिप बरामद गरेको छ ।

उपाध्यायले घुस लिएको १४ लाखमा १ लाख १४ हजार आफ्नो साथमा राखी बाँकी सबै पैसा बैङ्कमा डिपोजिट गरिसकेको अख्तियारले जनाएको छ ।

श्रोत नखुलेको अस्वाभाविक रकम साथमा लिई हिडेंको भन्ने सूचनाको आधारमा आयोगको टंगालबाट खटिगएको टोलीले उपाध्याय चढेको बा.२ झ. ४०९९ नम्बरको सरकारी गाडी चन्द्रागिरि नगरपालिका वडा नं. २, नागढुङा, काठमाडौँमा रोकी चेक जाँच गर्दा रकमसहित पक्राउ परेका हुन् ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved