धरान : धरान ८ स्थित रहेको ‘बमजन टोल विकास संस्था’को प्रथम साधारणसभाले सन्तोष लिम्बुको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा भगिराज लिम्बु, सचिवमा दुर्गा पाख्रिन, कोषाध्यक्षमा अञ्जना पाख्रिन चयन भएका छन् । सदस्यहरूमा संविधान लिम्बु, कमला तामाङ, पदमा विक, जीवन शाक्य, भक्त ब. राई, पवित्रा लिम्बु, क्षितिज तामाङ रहेका छन् । यसै गरी सल्लाहकारहरूमा सिंह बहादुर. तामाङ, आशिष् पाख्रिन, मनोहर सुब्बा, शङ्कर पाख्रिन, उस्सम चेम्जोङ, विकास तामाङ रहेका छन् ।

बमजन टोल विकास संस्था’ आर्थिक वर्ष २०७२/0७३ को सुरुवातमा निवर्तमान अध्यक्ष सिंह बहादुर तामाङको अध्यक्षमा स्थापना भएको हो । निवर्तमान अध्यक्ष तामाङले ८ नं. वडा समितिबाट ‘बमजन टोल विकास संस्था’को कार्यक्षेत्र सिमाना पूर्वमा सभागृह मार्ग, पश्चिममा सहिद रत्न मार्ग, उत्तरमा जमुना टोल मार्ग र दक्षिणमा रेडियो नेपाल मार्ग तोकिएको बताए । तामाङले आफ्नो कार्यकालमा संस्थाको क्षेत्रभित्र पर्ने घरधुरी सङ्ख्या, परिवार सङ्ख्या, सम्पन्नता स्तरीकरण गरी सामाजिक श्रोत नक्सा तयार गर्ने भन्ने निर्देश भए बमोजिम लगभग १० दिन जति सर्वेक्षण गरी प्रतिवेदन वडा समिति कार्यालयमा बुझाउने काम भएको बताए ।

संस्थाले बमजन टोलमा स्तर सुधार गर्नका लागि सडकलाई कालोपत्रे बनाउने, ढल माथि स्ल्याव लगाउने, बिजुलीको पोल लगाउने, लाइन विस्तार गर्ने, ढल तथा कालोपत्रे गर्ने योजना तयार पारी वडा समिति र उपमहानगरमा बुझाएर काम सम्पन्न भएको जनाएको छ ।

वर्तमान अध्यक्ष सन्तोष लिम्बुले सभालाई सम्बोधन गर्दै टोल विकास निर्माणका लागि आफ्नो कार्यसमितिले कडा परिश्रम र मेहनतका साथ अघि बढाउने बताए ।