धरान : नेपाल उद्योग बाणिज्य महासंघको ५४ औं निर्वाचनमा प्रदेश १ को धरानबाट व्यवसायी अशोक ताम्राकारले केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका छन् ।

यहि साउन २६ र २७ गते घोषित संघको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएपनि उद्योग बाणिज्य संघ धरानबाट पूर्व अध्यक्षसमेत रहेका ताम्राकारलाई केन्द्रीय सदस्यमा उम्मेद्वार बनाउन सुनसरी उद्योग वाणिज्य संघले निर्णय गरेको छ ।

ताम्राकार धरानमा २०३४ सालदेखि व्यापार, व्यवसायमा जमेका छन् । उनी संघको साधारण सदस्य, कार्यकारिणी सदस्य, प्रथम उपाध्यक्ष हुदै २०६४ देखि ०६६ सालसम्म एक कार्यकाल अध्यक्ष भएका हुन । अध्यक्ष रहदा सुनसरीका व्यवसायीहरुको हकहितमा उनले काम गरेका थिए ।

सुनसरीबाट केन्द्रीय सदस्यमा उम्मेदवार घोषणा गरे पछि ताम्राकारलाई जिताउन सुनसरी उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठको संयोजकत्वमा निर्वाचन परिचालन समिति पनि गठन गरिएको छ । महासंघको ५४ औं बार्षिक साधारणसभा यही साउन २६ र २७ गते काठमाण्डौंमा हुदैछ ।

ubb